मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रामग्रामको बन्जारिनमाई मन्दिर परिसरमा वृक्षारोपण, संरक्षणमा जोड

Ujyalosandeshonline 12431+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

नवलपरासी । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले पश्चिम नवलपरासीको रामग्राम–१८, बन्जरियास्थित प्रसिद्ध बन्जारिनमाई मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। रामग्राम जेसिसको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा मन्दिर परिसर र आसपासका खाली जमिनमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। कार्यक्रम रामग्राम जेसिसका अध्यक्ष विष्णुराज रावको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख चौधरीले बदलिँदो मौसम र वातावरणीय असन्तुलन प्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले बिरुवा रोप्ने कार्य महत्त्वपूर्ण भए पनि त्यसको संरक्षण गर्नु अझ ठूलो जिम्मेवारी भएको बताउनुभयो। "साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुनु मौसम प्रतिकूलताको संकेत हो," उहाँले भन्नुभयो, "यस्तो अवस्थामा गरिएको वृक्षारोपणले भविष्यमा दीर्घकालीन राहत दिनेछ, त्यसैले रोपिएका बिरुवाको संरक्षणमा सबैले ध्यान दिनु जरुरी छ।"

सो अवसरमा बोल्दै कार्यवाहक वडाध्यक्ष त्रिवेणीप्रसाद चौधरीले सामूहिक प्रयासबाट मात्र वृक्षारोपणको उद्देश्य सफल हुने बताउनुभयो। उहाँले रोपिएका बिरुवाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। कार्यक्रममा रामग्राम जेसिसका पूर्व अध्यक्ष मोहन पौडेलले संस्थाको सामाजिक भूमिका र उद्देश्यबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा रामग्राम नगरपालिकाका कृषि शाखा अधिकृत किरण कुमार गुप्ता, इन्जीनियर महेश्वर ठाकुर, महिला जेसिसकी पूर्व अध्यक्ष जोगमाया चौधरी, सहायक कृषि अधिकृत उमेश कुमार धोबी, वडा सदस्य दीपमाला चौधरी लगायतको उपस्थिति रहेको थियो । रामग्राम जेसिसका उपाध्यक्ष उमेश कहारको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई जेसिसका बोर्ड सल्लाहकार निरज ज्ञवालीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार