मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सत्ताको बलमा बदलाको भावनाले प्रेसमाथिको आक्रमण निन्दनीय छ : डा. डिला संग्रौला

Ujyalosandeshonline 11005+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न आग्रह गरेकी छिन् ।

मंगलबार नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई लिएर डा. संग्रौलाले  सिरोहियाको नागरिकताको विषयमा कानुन सम्मत अनुसन्धान गर्ने कुरा स्वभाविक भएपनि अनुसन्धानको बहानामा सञ्चार माध्यमलाई त्रसित बनाउने गरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिनु आपत्तिजनक भएको बताइन ।

बुधबार बिहान सामाजिक संजालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै  उनले भनेकी छन्,‘हाम्रो पार्टीले लोकतन्त्र र प्रेस स्वतन्त्रताको विषयमा कहिल्यै कसैसँग पनि सम्झौता गरेको छैन र गर्ने पनि छैन।  बन्दूक र कलमबीचको लडाईंमा जहिले पनि व्यक्तिको चेतना, विचार र कलमको नै जीत हुने गरेको छ। हेक्का रहोस्।’

उनले अगाडि भनेकी छिन्,‘प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताबाट विचलित नहुन, सम्पादकीय नीतिबाट विचलित नहुन, र नागरिकले सुसूचित हुन पाउने अधिकारलाई जीवन्त राख्न अविचलित भएर सञ्चार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रशारणमा अडिग रहन सबै संचारमाध्यमहरुलाई आग्रह गर्दै राज्यसत्ताबाट भइरहेको तानाशाही प्रवृत्ति रोक्न सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरु एकजुट हुन म आब्हान पनि गर्दछु ।’

त्यस्तै उनले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा सम्मानीत संसद्लाई ब्यारेकमा रुपान्तरण गर्ने रवैया प्रस्तुत भइरहेको आरोप लगाएकी छन् ।  उनले त्यसलाई तत्काल रोकेर संसदलाई मर्यादित बनाउन, सहकारी प्रकरणमा संसदीय छानबिन समिति तत्काल बनाउन, सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यास कायम राखी संविधान र संघीय शासन प्रणालीमाथि धावा नबोल्न चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार