मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

Ujyalosandeshonline 12441+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

बाजुरा  । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् । यहाँका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेको बताउनुभएको छ । 

अति संवेदनशील मतदान स्थल कूल मतदान स्थलको ८० दशमलव ५१ प्रतिशत रहेको प्रजिअ निरौलाले बताउनुभयो । अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने जिला सुरक्षा समितिले जनाएको छ । निर्वाचन समयावधीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन जिल्लास्थित राजनीतिक दल र दलका उम्मेदवार तथा सर्वसाधारणलाई सुरक्षा समितिले आग्रह गरेको छ । जिल्लामा हाल ८७ हजार ८६१ मतदाता छन् । 

बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका ३३ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । जिल्लामा जम्मा १२९ मतदानस्थल छन् । विगतका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशिलता तय गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार