मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

चाडपर्बले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याएको छ: सभामुख

Ujyalosandeshonline 11009+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चाडपर्बले  राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं आपसी भातृत्व कायम गर्ने जनाउनु भएको छ ।  विजया दशमी अर्थात बडादशैं २०८१ को पावन अवसरमा  शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आफैमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाउनु भयो ।

"बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतायुक्त नेपालको सन्दर्भमा यि पर्वहरुले विशेष महत्व राखेको छ, जुन धार्मिक सहिष्णुता, जातीय एकता, सद्भाव एक महत्वपूर्ण विशेषता हो ।" शुभकामना सन्देशमा उल्लेख छ-" विभिन्न जात–जाति, समुदाय, क्षेत्र र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् ।"

धर्म निरपेक्षताले सबै धर्म र सम्वन्धीत समुदायको चाडपर्वहरुलाई सम्मान गरेको  र संघीय संविधानको रक्षा गर्दै विभिन्न जाती, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु सबैको कर्तव्य भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

 उहाँले बडादशैंले भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं आपसी भातृत्व कायम गर्न समेत सफल रहोस भन्ने कामना गर्नुभएको छ ।

 उहाँले  लुम्विनी प्रदेश सभाले सामाजिक न्यायलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा सबैको हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिदै आएको जनाउनु भएको छ । सबै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना भएको जनाउनु हुँदै उहाँले यसलाई सबैले मनन् गरी एकाकार भई अघि बढ्नु आजको आवश्यकता रहेको जनाउनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार