मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

किसानलाई आलु रोप्न भ्याइनभ्याई

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ माघ २०८०, आइतबार

रामेछाप । रामेछापको माथिल्लो भेगका किसान यतिबेला आलु रोप्न व्यस्त छन् । जिल्लाको उत्तरी भेगका किसानलाई अहिले आलु रोप्नको लागि बारी तयार गर्ने, मल बोक्ने तथा आलु रोप्ने कामले भ्याइ नभ्याई छ । 

‘अहिले सबै आलु रोप्ने मेलोमा छन्, बिहानदेखि साँझसम्म सबै बारीमा हुन्छन, कसैलाई पनि बोल्ने समेत फुर्सद छैन’, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा शैलुङका अगुवा किसान दावासङबु शेर्पाले भने । 

रामेछापको उत्तरी भेगका किसानको मुख्य उत्पादन नै आलु हो । रामेछापबाट वार्षिक करोडौँ रुपैंयाँको आलु निर्यात हुने गर्दछ । 

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डडुवा, गौश्वारा, दोरम्बालगायतका क्षेत्रमा आलु उत्पादन हुने गर्दछ । त्यस्तै उमाकुण्ड गाउँपालिकाको गुम्देल, कुभुकास्थली, प्रीति, गुप्तेश्वर, भुजीलगायताका क्षेत्रमा पनि आलु खेती हुने गरेको छ । 

यसैगरी गोकुलगंगा गाउँपालिकाको चचुरे, ठोसे, रस्नालु तथा बेताली, नामाडी र फर्पुको माथिल्लो भागमा समेत व्यावसायिक रूपमा आलु खेती हुने गरेको छ । सो क्षेत्रको प्रमुख नगदेबालीको रूपमा रहेको आलु लगाउन किसान व्यस्त रहेका गोकुलगंगा गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्ष खड्ग सुनुवार बताउँछन् । 

सुनुवार आफैँ पनि व्यावसायिक किसान हुन् । स्थानीय किसानले उत्पादन गरेको आलुको बजारीकरणको लागि समेत सहयोग गर्दै आएका सुनुवार यति बेला आफू पनि आलु रोप्न व्यस्त रहेको बताउँछन् । ‘आलु रोप्ने क्रम जारी छ, यस वर्षको आलु रोप्ने काम अब अन्तिम अन्तिम हुन लाग्यो, सुनुवारले भने । 

किसानले अहिले लगाएको आलु असार, साउन महिनामा खन्ने गर्दछन् । रामेछापमा उत्पादन भएको आलु काठमाडौंका साथै मधेसका विभिन्न बजारमा बिक्री हुने गर्दछ । 

लेकमा उत्पादन भएको आलु स्वादिलो र पोसिलो हुने भएकोले बजारमा उच्च माग छ । यस वर्ष किसानले आफूले उत्पादन गरेको आलु प्रतिकेजी ५० रुपैँयामा बारीबाट नै बिक्री गरे । 

किसानले उत्पादन गरेको आलु किन्न व्यापारीहरू बारीमा नै जाने र राम्रो भाउ पाउने भएपछि आलु खेती बिस्तार हुँदै गएको छ । अझ रामेछापको शैलुङमा नै रोजिटा जातको उन्नत आलुको बिउ उत्पादन भएपछि आलुको उत्पादनमा वृद्धि भएको छ । यसले किसानलाई आलु खेतीमा थप उत्प्रेरित गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार