पोखरा महोत्सवमा एलिना चौहान र मन्त्र ब्याण्ड

Ujyalosandeshonline 11016+ समाचार ( )
४ माघ २०८०, बिहीबार

पोखरा । पोखरामा जारी बाह्र्रौं संस्करणको पोखरा सडक महोत्सवमा शुक्रबार गायिका एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुति रहने भएको छ ।

पोखराको अमरसिंह खेल मैदानमा जारी महोत्सवको नवौं दिन दिउँसो एलिना चौहान र साँझ दार्जिलिङको चर्चित ब्याण्ड मन्त्रको प्रस्तुति रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । 

महोत्सवमा शुक्रबार एलिनासँगै जीवन दाहाल, शिवहरि ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चापागाई, कमला गैरे, विनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुति रहने छ । 

महोत्सवमा बिहीबार लोकदोहोरी गायक बद्री पंगेनीले प्रस्तुति दिएका थिए । उनले ‘धेरै धेरै बधाइ छ छाडिजानेलाई,’ ‘पैैसा सापटी,’ ‘रातो गलबन्दी,’ ‘झ्याउरेको तालैमा,’ ‘चप्पलै छिनियो,’ ‘ससुरालीमा,’ ‘पञ्चेबाजा,’ ‘कान्छि हे कान्छी’ लगायतका गीतमार्फत दर्शकलाई मनोरन्जन दिलाएका थिए । 

पंगेनीसँगै जीवन दाहाल, शिवहरि ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पूजा गुरुङ लगायतको प्रस्तुति थियो । त्यसैगरी साँझको लाइभ ब्याण्डमा सबिन राई एण्ड द फेरोहको कन्सर्टमा युवाहरु झुमेका थिए ।

महोत्सवमा विभिन्न वेशभूषामा तस्वीर खिचाउने, याक अवलोकन गर्ने, नेपाल टेलिकमको निःशुल्क सिम लिने, घोड सवार गर्नेको समेत भीड लागेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार