मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘कांग्रेस अब सशक्त प्रतिपक्षीको भूमिकामा’

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको गठबन्धन फेरबदलको निर्णयले अस्थिरता र अन्योललाई बढावा दिने टिप्पणी गरेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताए । 

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको गठबन्धन फेरबदल गर्ने निर्णयले थप अस्थिरता र अन्योललाई बढावा दिएको छ । अब हामी सशक्त प्रतिपक्षीको भूमिका खेल्छौं । आम जनता र पार्टी पंक्तिलाई दृढताका साथ उभिने र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँछौं ।’

प्रधानमन्त्री दाहालले गठबन्धन फेर्नुको मुख्य कारण कांग्रेसका मन्त्रीहरुको कार्यसम्पादनलाई देखाएको भन्दै महतले त्यसमा कुनै सत्यता नरहेको उललेख गरे । 

उनले भने, ‘जसरी गठबन्धन बस्न सकिँदैन भनेर बुँदाहरु अघि सार्नुभएको छ, त्यो सबै कपोलकल्पित हो । त्यसमा कुनै आधार छैन । यो गठबन्धन जारी रहन्छ भन्दै भित्रभित्रै छल गर्नुभयो । त्यसको चाहिँ कारण होला । तर हामी कारण होइन । नेपाली कांग्रेस र हामी कोही पनि मन्त्री कुनै पनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार