मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

ठगीको आरोपमा दुई जना पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
२० माघ २०८२, सोमबार

गण्डकी । रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक मार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई हाल पोखरा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

पौडेलले आफू कानुन व्यवसायी रहेको र पोल्याण्डमा श्रीमानले सञ्चालन गरेको होटलमा कामदारका रुपमा लैजाने भन्दै ११ जनालाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रु दस हजारदेखि रु दुई लाखसम्म गरी कूल १४ लाख ६० हजार ठगी गरेको जाहेरी प्रहरीमा परेको थियो । दुवै जनामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार