मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

चार संसदीय समिति बस्दै, अर्थ समितिमा अर्थमन्त्री पुनसँग आगामी बजेटबारे छलफल गरिने

Ujyalosandeshonline 12437+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत्का चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहीबार कानून न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे र महिला तथा सामाजिक विकास समितिको बैठक साढे १० का लागि बोलाइएको छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । 

अर्थ समितिमा आज आ.व. २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त –कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । प्रनितिधि सभामा विनियोजन विधेयकमाथिको छलफल बुधबार सकाएर अर्थ समितिले आज मन्त्रीसँग समितिमा छलफल गर्न लागेको हो । 

अर्थ समितिले अर्थमन्त्री वर्षमान पुनलाई बिहीबार समितिमा डाकेर सो बारे छलफल गर्ने कार्यसूची तय गरेको छ । यस्तै, समितिमा आ.व. २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता तथा कार्ययोजना सम्बन्धमा उपसमितिको तयार पारेको प्रतिवेदन पनि प्रस्तुत हुने छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २८ औं बैठक पनि आजै बस्दै छ । बैठकले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनहरु माथि छलफल गर्ने कार्यसूची राखेको छ । 

कानून न्याय तथा मानवअधिकार समितिमा भने नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका जेलभित्र रहेका कैदी एवं थुनुवहरुको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण गर्ने सम्बन्धनमा छलफल गर्न लागेको छ । यस्तै,आजकै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने पनि समिति सचिव अधि राज राईले जनाकारी गराएका छन् । 

महिला तथा सामाजिक मामिला समितिले भने  प्रतिनिधि सभा सांसद मन्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार