मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पाँचखाल पुगेर प्रधान सेनापति शर्माले के गरे ?

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काभ्रेपलान्चोकको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन केही भौतिक संरचनाहरुको शुक्रबार शिलान्यास तथा समुद्घाटन गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाका सकलदर्जालाई प्रि–डिप्लोईमेण्ट तालिम दिनका लागि उक्त स्थानमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधान सेनापतिले शिलान्यास तथा समुद्घाटन गरेका हुन् । 

उनले निर्माण सम्पन्न भएका अधिकृत मेस, पदिक मेस, जवान वासस्थान, जवान डाईनिङ्ग हल र बहु उपयोगी स्टोर भवनहरूको  समुद्घाटन गरे । सो अवसरमा प्रधान सेनापतिले उक्त केन्द्रमा सञ्चालित तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिंदै सकलदर्जालाई सम्बोधन गरे ।

२०४३ सालमा शान्ति सैनिकको रूपमा खट्टिने नेपाली शान्ति सैनिकहरूलाई तालिम प्रदान गर्न पाँचखाल तालिम शिविरको रूपमा स्थापना भएको उक्त तालिम केन्द्र ०५८ मा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको रूपमा नामकरण भएको थियो ।

उक्त तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ विभिन्न संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्न संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशका सैनिकहरू बिच विभिन्न समयमा संयुक्त तालिम तथा अभ्यासहरू समेत सञ्चालन हुँदै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार