मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आन्दोलनमा जव गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’

Ujyalosandeshonline 12431+ समाचार ( )
११ जेठ २०८२, शनिबार

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको ६ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा प्रदर्शन गरिएको छ । न्यायको माग राख्दै काठमाडौंमा भएको प्रदर्शनपछि भएको सभामा चर्चित सांरगीवादक एवम गायक हेमन्त कान्छ रसाइलीको प्रश्तुतीले माहोल भावुक बनायो । सांरगीसहित सभामा उपस्थित भएका हेमन्तले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’भन्ने बोलको गीत प्रश्तुत गर्दा सहभागीहरुको आँखा रसाएका थिए । 

१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो । त्यसविरुद्ध दलित अभियान्ताहरु निरन्तण आवाज उठाइरहेका छन् । ‘दलितका लागि दलित’ अभियानको नेतृत्व गरि रहेका खगेन्द्र सुनारले उक्त घटनालाई न्यायलयले पनि अन्याय गरेको बताउने गरेका छन् । उक्त सामुहिक हत्याकाण्ड उपर उच्च अदालत, सुर्खेतको फैसला (जातिय विभेद हैन) को विरोधमा लामो समयदेखि माइतीघरमा धर्ना र आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार