मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

Ujyalosandeshonline 11005+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे ।

काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो । सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको कार्यक्रमा जानकारी गराइयो । 

भिजिट नेपाल २०२० अभियानका संयोजक एवम व्यवसायी सुरज बैद्यले नेपाल देश सानो भएपनि विश्वका लागि उत्कृष्ट गन्तब्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने बताए । नेपालस्थित अमेरिकी राजदूत डिन आर। थम्पसनले नेपालको आकर्षण र विविधतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न अमेरिका सँधै तयार रहेको जानकारी दिए । 

पर्यटन मन्त्रालयका सचिब डा.दिपक काफ्लेले सुरु भएको अभियानमा सरकारले आवश्यक सहयोग गर्दै  विदेशी निकायसँगको सहकार्यमा नेपालको प्रवद्र्धन गर्न आतुर रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दिनी थापा साथै युएसएडकी प्रज्ञन अधिकारील अभियानमाका बारेमा प्रष्ट पारे ।

घोषणा गरिएको अभियानमा काठमाडौं, पोखरा, बर्दिया र इलामका पर्यटकीय आकर्षणबारे सोसल मिडिया अभियन्ता, स्टेकहोल्डरमार्फत स्टोरीटेलिङ प्रस्तुत गर्दै विश्वलाई नेपालको समृद्ध सम्पदा र विविध संस्कृति देखाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार