मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जनताको पिरमर्का बुझ्न बस्तीमै पुगिन् बाजुरा प्रहरी प्रमुख, विपद् पूर्वतयारीमा जुट्यो प्रहरी

Ujyalosandeshonline 12431+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

बाजुरा । लगातारको भारी वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धस्थित बस्तीको सुरक्षा स्थिति बुझ्न प्रहरीसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको छ। विगत केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण कोर्ध क्षेत्रको खेतीयोग्य जमिनका साथै १५/१६ वटा घरधुरीसहित सिङ्गो बस्ती नै पहिरोको जोखिममा परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट टोली खटिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा खटिएको प्रहरी टोली, बडिमालिका नगरपालिकाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले जोखिमपूर्ण बस्तीको प्रत्यक्ष अनुगमन गरेको छ। प्रहरी नायब उपरीक्षक बोहराले बाजुराको कमान्ड सम्हालेसँगै आफैँ मैदानमा उत्रिएर नागरिकका समस्या सुन्ने र समाधानका लागि अग्रसरता देखाउने गर्नुभएको छ। जोखिमपूर्ण अवस्थामा प्रहरी टोली आफैँ बस्तीमै पुगेर अनुगमन गर्नुका साथै सम्भावित क्षति न्यूनीकरणका लागि चासो देखाएपछि स्थानीयवासी खुसी र उत्साहित भएका छन् । अनुगमन टोलीले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गर्दै विपद्को समयमा तत्काल सुरक्षा सहयोग पुर्‍याउने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार