मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

साताब्यापी कार्यक्रम गर्दै ७२ औं अन्तरास्ट्रिय भन्सार दिवस मनाईदै

Ujyalosandeshonline 11011+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

भैरहवा । ७२ औं अन्तरास्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरि मनाईदै छ । माघ ५ गते देखि १२ गते सम्म बिभिन्न सचेतनामूलक एवम अन्य बिविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्ट सहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचार प्रसार सामाग्रीहरु तयार गरि दिवसको ब्यापक प्रचार गरिनेछ । 

माघ ७ गते समकक्षी भन्सार संग बैठक गरि ब्यपार सहजीकरणको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम एवम राजस्व चुहावट नियन्त्रण समितिको बैठक बस्ने गौतमले जानकारी दिए । 

माघ ९ गते ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसकै अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गर्ने र भन्सार यार्ड तथा कार्यालय परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ । यस्तै माघ १० गते निजि क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकारवाला निकाय, भन्सार एजेण्ट, पत्रकार सहितको सहभागीतामा बेरुजु फछर्यौंट, किटानी घोषणा, ब्यपारीलाई सहि सूचना दिने बिषय लगायत भन्सार कानूनको परिपालना सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, परिसम्वाद लगायतका छलफल तथा कार्यक्रम गर्ने गौतमले बताए । 

यस्तै सोही दिन साँझ देखि भन्सार परिसर, यात्रु शाखा तथा डण्डा गेटमा ३ दिन सम्म दिपावली गरि दिवसलाई उत्सवको रुपमा मनाईदै छ । 

माघ ११ गते सामाजिक उत्तरदायित्व अन्र्तगतका कायएक्रमहरु अन्र्तगतका बिभिन्न कार्यक्रमहरु आयोजना हुनेछ । अन्तिम दिन माघ १२ गते भैरहवा भन्सार कार्यालयमा भन्सार एजेण्ट र सरोकारवाला निकायहरुसंग समन्वय गरि स्वास्थ्य परिक्षण शिविर कार्यक्र आयोजना गरिदै छ । यस्तै सोही दिन निजि क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकारवाला निकाय तथा भन्सार एजेण्ट सहितको सहभागीतामा शुभकामना आदानप्रदान, पुरस्कार, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरि दिवसको समापन गरिने प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । 

हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार