मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ग्यासको अभाव छैन : निगम

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमका प्रवक्ताद्वारा आज जारी प्रेस विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

निगमका अनुसार १४.२ केजीका सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको सूचनामा जनाइको छ । घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिन पनि बिक्रेतालाई आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यकामा उच्च मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एलपी ग्यास, एसएच ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका १४.२ केजीका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । ग्यास प्राप्त गर्न समस्या भए निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयभित्र) मा सम्पर्क गर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।

निगमले एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रहेको तथा आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ । हाल मासिक औसत करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने र मागअनुसार आपूर्ति भइरहेको उल्लेख गर्दै आकस्मिक माग वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस महिनाको आयात परिमाणसमेत बढाइएको जनाएको छ ।

निगमका अनुसार यही साउन १ देखि १८ गतेसम्म जम्मा ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ । यस अवधिको आयातले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरिएको छ । निगमले काठमाडौँ उपत्यका बाहिर एलपी ग्याससम्बन्धी गुनासो वा जानकारीका लागि सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोका सम्पर्क अधिकारीमार्फत सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार