मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जनताले कांग्रेसको एकलौटी सरकार चाहेका छन् : संग्रौला

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरुले नै कांग्रेस बचाएको टिप्पणी गरेकी छन् । ती कार्यकर्ताले अब देशमा कांग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ । 

नेता संग्रौलाले देशभरका कार्यकर्ताहरुले पद, प्रतिष्ठा भन्दा पनि बलियो कांग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन् । आइतबार नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा कांग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन् ।  

चुनाव जित्नेहरुले आफूलाई सर्वैसर्वा ठान्ने र हार्नेहरुले दोषारोपण गर्ने प्रवृति हाबी हुँदा कांग्रेसको भविष्य संकटमा पर्ने चिन्ता थपिएको उनको भनाइ छ । उनले नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन् ।

‘आज चुनाव जित्ने जनप्रतिनिधिहरुले आफू पपुलर भएर र सर्वैसर्वा भएर चुनाव जितेको दाबी गर्छन् । तर पार्टीसँगको सम्बन्ध बिगारेका छन् । टिकट पाएर हार्नेहरु फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन् । पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,’ उनले भनिन् । उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा कांग्रेसीहरु दुरदराजमा बसेर संगठन बनाइरहेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै