मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जसपाको एकता महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ : पूर्ण बस्नेत

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो महाधिवेशन नरोकिने स्पष्ट पारेको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जसपा नेपालका नेता महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगे पनि त्यसले निर्धारित महाधिवेशन नरोकिने भन्दै महाधिवेशन पहिले तोकिएकै मितिमा हुने बताए । 

बस्नेतले प्रायोजित भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, ‘पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसके छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन रोक्न जनार्दनप्रसाद यादव र भीमबहादुर राई (जो जसपा नेपालका हैनन्) ले दिएको रिट निवेदन सर्वोच्च अदालतले २०८१ जेठ २० गते दरपिठ गरिदिएको छ । यससँगै विधिवत् रुपमा आयोजना हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ ।’ 

अशोक राईसहित सात जना सांसद जसपा नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ता गराएपछि त्यसको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले रिट दायर गरेका थिए। सो रिटमाथि सर्वोच्च अदालतले जसपालाई यथास्थितिमा राख्न आदेश दिएको छ। 

जसपा नेपालले जेठ २८ गतेदेखि जनकपुरमा एकताको महाधिवशेन गर्दैछ। त्यो अधिवेशनलाई रोक्न माग गर्दै जसपाका दुई नेताले दुवै ठाउँमा निवेदन दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार