भैरहवा । गौतमबुद्ध अन्ज्र्तराष्ट्रिय विमानस्थलमा अहिले ४ वटा अन्र्तराष्ट्रिय वायुयानहरुले सेवा प्रदान गर्दै आईरहेका छन् । केही दिन अघि कतार एयरलाईन्सले पाएको उडान अवधि सकिएको हुदा भैरहवामा नेपाल एयरलाईन्स संगै ४ वटा विमान कम्पनीहरुले नियमित उडान गर्दै आईरहेका छन् ।
विमानस्थल सञ्चालनसंगै रौनक थपिए पनि स्थानियहरुलाई यसको नियमित सञ्चालनमा भने आशंका कायम नै रहेको छ । भैरहवामा मेनपावर एजेन्सी, मेडिकल सुविधा, भिसा सेन्टर लगायतको कार्यालय नभएकोले स्थानियहरुको आशंकामा बल पुगेको थियो ।
बुधबार संस्कृति पर्यटन तथा नागरिक मन्त्री बद्रिप्रसाद पाण्डे तथा श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी संगै सरोकारवाला निकायले भैरहवा विमानस्थलको नियमित सञ्चालनामा आशंका नगर्न आग्र गर्नुभएको छ ।
मन्त्रीहरुसंगै नेपाल बैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारी, स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष धन बहादुर गिरी, दुवै मन्त्रालयका सचिव लगायतको टोली भैरहवा पुगेर विमानस्थलको सञ्चालन नियमित गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य व्यवसायि महासंघका उपाध्यक्ष धन बहादुर गिरी तथा नेपाल बैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले भैरहवामा नियमित रुपमा जहाज उडाउन सके आफुहरुले सेवा बिस्तार गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँहरुले सेवा बिस्तारका लागि आफुहरु तयार रहेको उल्लेख गर्दै सरकारले आबश्यक सहयोग गर्नु पर्ने बताउदै नीतिगत रुपमा सुधार गर्नु पर्ने काम तत्काल सुधार गर्न सरकारसंग आग्रह गर्नुभयो ।
बिमानस्थलमा बुधबार साँझ आयोजित कार्यक्रममा बोल्दै सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेले बिमानस्थल दिगो सञ्चालनका लागि आवश्यक पुर्वाधार तथा संरचना निर्माण गर्ने बिषयमा सरकार गंभिर रहेको बताउनु भएको छ । सञ्चालनमा आएको साढे दुई बर्ष पछि नियमित अन्तराष्ट्रिय उडान गरिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलाई दिगो रुपमा सञ्चालन गर्ने बिषयमा अन्तर मन्त्रालय समन्वय हुनुका लागि आवश्यक पहल भईरहेको उहाँले बताउनुभयो । “यसलाई दिगो बनाउने विषयमा धेरै विकल्प र कारणहरु समाधान गर्नुपर्छ भन्ने कुरा पत्ता लगाएका छौं, यसलाई संघिय सरकार, निजि क्षेत्र र सरोकारवाला निकायहरु मिलेर गरौं ।” मन्त्री पाण्डेले भन्नुभयो
उहाँले श्रमिक र पर्यटकलाई काठमाण्डौं नजाने गरि भैरहवाबाट नै उडने व्यवस्थापन भई रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले श्रम रोजगारका लागि जाने श्रमिकहरुलाई काठमाण्डौ नगई भैरहवाबाट सबै काम पुरा गरेर गन्तव्यमा पु¥याउनका लागि आवश्यक पर्ने सबै काम यहिबाट हुने गरी सुरु गर्र्नेे बताउनु भयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बिमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।
मन्त्री भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउदै यसलाई निरन्तर रुपमा चलाउनका लागि सरकार लागिरहेको बताउनु भयो । “५ वटा एयरलाईन्समा ४ वटा बैदेशिक रोजगारीको लागि खाडी मुलुक जाने छन्, एक वटा मात्र पर्यटन गन्तब्य लक्षित उडान गरिरहेको छ ।” मन्त्री भण्डारीले भन्नुभयो “यसले के सम्भावना देखाएको छ भने श्रम बजारको लागि यो विमानस्थलको प्रचुर सम्भावना रहेको छ, अब यसको बिशिष्टिकरण कसरी गर्ने विषयमा हामीले काम गर्ने हो ।”
उहाँले बैदेशिक रोजगार ऐन र नियमावलीले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुले नेपाल सरकारले तोकेको विमानस्थलबाट जाने व्यवस्था गरेको बताउनुभयो । अहिले सम्म मुलुकमा त्रिभुवन विमानस्थल मात्र भएकोले अहिले भैरहवा विमानस्थल पनि तोक्न सकिने उहाँको भनाई छ । तर त्यसपूर्व भैरहवा विमानस्थललाई सुविधा सम्पन्न बनाईने उहाँले बताउनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्पको रुपमा मात्रै नभएको भन्दै र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताउनु भयो ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाका महाप्रबन्धक प्रतावबावु तिवारीले अहिलेसम्मको उडान तथा अवतरणको अबस्थाका बारेमा जानकारी दिनुभएको छ । उहाँले ट्रान्जिट भएर आउने बिमानले भन्दा सिधा उडान भरेका एयरलाइन्सले राम्रोसंग बिजनेश पाएको बताउनु भयो । उहाँले एक महिनाको अबधिमा कतार एयरवेज, जजिरा, फ्लाई दुवई, थाई एयर एसिया, नेपाल एयरलाइन्स र चार्टर फ्लाईट गरी ७८ वटा फ्लाईट भएको जानकारी दिनुभयो । यस्तै
गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा कार्तिक १८ गते देखि मंसिर १५ गते सम्म ४ हजार ९ सय ३२ जना यात्रुहरुले अन्र्तराष्ट्रिय टर्मिनलबाट सेवा लिएको उहाँले बताउनुभयो ।