मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

हुम्लामा निःशुल्क आँखा शिविर

रासस 695+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

अदानचुली (हुम्ला) । हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५२० जनाले उपचार गराएका छन् । बिहीबारबाट सुरु भएको निःशुल्क आँखा शिविर तथा मोतीबिन्दु शल्यक्रिया शिविरमा ४० जनाको मोतीबिन्दु र एक जनाको टेरिजियमको निःशुल्क शल्यक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराको आर्थिक एवं प्राविधिक सहयोगमा तथा अदानचुली गाउँपालिकाको समन्वयमा सञ्चालित तीनदिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चश्मा वितरण गरिएको छ ।

अदानचुली गाउँपालिकालगायत छिमेकी गाउँपालिकाका मुगुको सोरु, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकाका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको हो ।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको बताउनुभयो । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् । न्यूनदृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरण गरिएको बताउनुभयोे । शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले समन्वय रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार