मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

बङ्गलादेशको मोडेलमा ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : महासचिव पोखरेल

Ujyalosandeshonline 11474+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गतबङ्गला देशको मोडेलमा सत्ता पलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार प्रसाईँ द्वारा परिचालित गरिएका हुल्लड बाजहरूले काठमाडौंमा आपराधिक क्रियाकलाप गरेको बताएका छन् । आतबार सामाजिक सञ्जाल मार्फत उनले गत शुक्रबार काठमाडौंमा राजावादीहरुले गरेको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै यस्तो भ्रममा नेपाली जनता नपर्ने दाबी गरे । 

उनले लेखेका छन्,‘बंग्लादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ’जनकमाणडर’ तोकिएका दुर्गा प्रसाई द्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानी मुनीको ओभाने बन्न खोजि रहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।

राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरै भएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ’थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्नथाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले । आखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पंचहरुको नियती ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार