मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

मन्त्रीहरुमाथि दबाब बढाउँदै विनोद चौधरी, किसानमा माग लिएर मन्त्रालयमा

Ujyalosandeshonline 12442+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन ध्यानाकर्षण गराएका हुन् ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीको निर्वाचन क्षेत्र उखु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । गत वर्ष सरकारले तोकेको अनुदानवापतको रकम किसानले अहिले पनि नपाएको र केहि चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको सांसद चौधरीले बताए ।

उनले बजारमा बढेको महंगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरेका छन् ।  उखुको न्यूनतम मुल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी वापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका  छन् । 

‘समयमै मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरु अन्योल र साह्रै मर्कामा परिरहेका छन् । समयमै मूल्य नतोकिदा उद्योगहरुले पनि उखु खरिद नगरी दिने वा अघिल्लो वर्षकै मूल्यमा मात्र खरिद गर्ने छन्,’ सांसद चौधरीले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा भने,‘आर्थिक वर्ष २०८१÷८२ का लागि उपरोक्त बमोजिम यथाशीघ्र समर्थन मूल्य निर्धारण गरिदिनु भई अनुदान वापतको रकम समयमै भुक्तानी हुने व्यवस्था समेत गरी दिनु हुन आग्रह गर्दछु ।’

साथै सांसद चौधरीले नवलपरासी जिल्ला केरा तथा उखुको पकेट एरिया भएको हुँदा अन्य बाली भन्दा केरा तथा उखुलाई बढी मलको आवश्यकता पर्ने भएको र हाल प्राप्त मलको कोटा अपुग भएको हुँदा सो क्षेत्रका लागि मलको कोटा वृद्धि गर्न पनि सरकारसँग माग गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार