मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

रुपन्देही–१ मा सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने राप्रपा उम्मेदवार बोहराको प्रतिबद्धता

Ujyalosandeshonline 11004+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

धकधई । रुपन्देही क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले आफ्नो निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उनले यस क्षेत्रका युवा, विद्यार्थी र समग्र खेलकुदको विकासका लागि व्यवस्थित खेल मैदानको अत्यन्तै आवश्यकता रहेको औंल्याएका हुन् । हजारौं युवा र स्थानीय खेलाडी रहेको यस क्षेत्रमा खेल्ने व्यवस्थित मैदान नहुँदा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नबाट बञ्चित हुनुपरेको उनले बताए ।

सुविधा सम्पन्न खेलकुद मैदानको अभावका कारण सामान्य खेल प्रतियोगिता सञ्चालन गर्नुपरे पनि भैरहवा वा बुटवल नै पुग्नुपर्ने बाध्यता रहेको र त्यो सधैं सम्भव नहुने बोहराको भनाइ छ । खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई स्वास्थ्यका लागि समेत उत्तिकै महत्त्वपूर्ण भएकाले यसको विकासमा राज्यको लगानी जरुरी रहेको उनले स्पष्ट पारे । विगतमा यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले खेलकुद पूर्वाधारका विषयमा कुनै ठोस योजना नल्याएकै कारण यो क्षेत्र खेलकुदमा पछि परेको गुनासोसमेत उनले गरे ।

पछिल्लो समय शहरदेखि गाउँसम्म खेलकुदको लोकप्रियता बढ्दै गएको सन्दर्भ जोड्दै उम्मेदवार बोहराले बालबालिका देखि युवासम्म अभ्यासमा तल्लीन रहेको बताए । मैदानको अभावमा खेतमा गहुँ र धान काटेपछि खाली भएको ठाउँमा ब्याट र बल लिएर क्रिकेट तथा फुटबल खेल्न बाध्य युवाहरूको दृश्यले उनीहरुमा खेलकुदप्रतिको गहिरो अभिरुचि प्रष्ट पार्ने उनको भनाइ छ । यस्तो अवस्थामा स्थानीय तहहरुले पनि खेलकुद मैदान निर्माणलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

खेलमैदान बिना समग्र खेलकुद क्षेत्रको विकास असम्भव रहेको बताउँदै बोहराले खेलकुदकै माध्यमबाट लागुपदार्थको दुर्व्यसनमा फसेका युवाहरुलाई पनि कुलतबाट बाहिर निकालेर सुधार्न सकिने विश्वास व्यक्त गरे । आफू निर्वाचित भएमा स्थानीय तहहरुलाई समेत सक्रिय गराएर सबैलाई पायक पर्ने उपयुक्त स्थानमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गर्ने स्पष्ट योजना आफ्नो रहेको उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार