मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


व्यवसायीलाई विद्युत बक्यौतामा छुट किन दिने ?

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं । सांसदहरुले ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली प्रयोग गरेका उद्योगीसँग कुनै पनि बहानामा छुट नदिई सबै बक्यौता उठाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरुले जनताले लोडसेडिङको मार सहेका बेला चौबिसै घण्टा बिजुली प्रयोग गरेर लाभ उठाएका उद्योगीलाई कुनै पनि बहानामा सरकारले छुट दिन नहुने बताएका हुन् ।

जनमत पार्टीका सांसद सीके राउतले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता कुनै पनि बहानामा छुट दिन नहुने भन्दै समितिले बक्यौता उठाउन निर्देशन नै दिनुपर्ने बताए ।

‘कोरोनाभन्दा अगाडिदेखिकै बक्यौता राखिएको छ । त्यो भएर यसलाई उठाउनै पर्ने भनेर हाम्रो समितिको तर्फबाट पनि निर्देश जाओस । यसमा अदालतको निर्णय पनि सकारात्मक नै छ । बक्यौता उठाउनुपर्छ । ठूला पुँजीपति भएकै कारणले छुट हुने र आम जनतालाई दुःख हुने गरी १८ घण्टा लोडसेडिङ गराएर पनि उनीहरुलाई विद्युत आपूर्ति गराउने तर, यिनीहरुले रकम भुक्तानी नगर्ने भनेर छुट दिन सकिँदैन ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले ट्रंक र डेडिकेटेड लाइन लिएर बक्यौता नतिर्ने उद्योगको लाइन काटिनु स्वागतयोग्य भएको बताए । उनले प्राधिकरण बक्यौता उठाउन डराउन नहुने समेत उल्लेख गरे । 

‘खुट्टा कमाउने कुरै छैन । अघि बढ्नु होला । नियम सबैलाई बराबरी हुनुपर्छ,’ उनले भने, ‘सानो गाउँको मिलले एक महिनाको बिल तिरेन भने कुनै पत्र नगई लाइन काटिन्छ । गाउँमा मिल चलेन भने चुल्हो बल्दैन । त्यसैले अर्बौं कारोबार गर्ने र लोडसेडिङमा सुविधा पाएका उद्योगलाई छोड्ने कुरा हुँदैन,’ सापकोटाले भने । 

कांग्रेसका सांसद प्रदीप पौडेलले टीओडीको मिटरको डेटा नदेखाएको र लोडसेडिङपछि बिलिङ गरेको उद्योगीको गुनासोलाई लिएर प्रश्‍न गरे ।

सांसद पौडेलले भने, ‘नेपालले भारतसँग गर्ने सम्झौता चाहिँ जनताले थाहा पाउनुपर्छ । विद्युत व्यापार गर्ने भनेर भनियो, सम्झौता भयो । व्यापार कसरी गर्ने हो ? त्यो सम्झौता भएको हो कि होइन ? एउटासँग सम्झौता गर्ने, अनि भोलि अर्कैलाई विद्युत बेच्न पाइँदैन होला । त्यसकारण व्यापार गर्नका निम्ति आपसी सम्झौताले प्रष्ट गर्नुपर्ने विययहरु के के हुन्, त्यो विषयहरु यो सम्झौतामा त्यही ढंगबाट प्रष्ट भएर आउनुपर्यो । यी विषय स्पष्ट हुनुपर्छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले ट्रंक र डेडिकेटेड लाइनको टाइम अफ डे (टीओडी) मिटरको डेटा कता हरायो भनी प्रश्‍न गरिन् । 

‘टीओडी मिटरको डेटा हरायो भन्ने छ । डेटा हराएको हो कि मिलेमत्तोमा हराइएको हो स्पष्ट पार्नुहोला,’ उनले भनिन् ।

समिति सदस्यहरुका प्रश्नको जवाफमा ऊर्जामन्त्री एवं नेपाल विद्युत प्राधिकरणका अध्यक्ष शक्तिबहादुर बस्नेतले विकल्प नभएकाले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन काटेको बताए । दोस्रो विकल्प नभएकाले लाइन काटिएको उनले स्पष्ट पारे ।

विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले व्यवसायीहरुले टीओडी बिललाई मुद्दा बनाउन खोजेको भन्दै सो बारे प्रष्ट पारे ।

घिसिङले भने, ‘अलिकति अलमलको विषय के पनि छ भने हामीले त्यत्तिकै बिल बनाएर दिएको जस्तोगरि विषय बाहीर आएको छ । यो बिल भनेको मासिक बिल हो । हामीले अहिले दिएको भनेको छुट बिल मात्रै हो । उहाँहरुले जुन पहिला तिरिरहनु भएको बिलहरु छ, त्यो बिल गर्दाखेरि जस्तो एक हजार युनिटको बिल गर्यौं भने त्यसको नर्मल रेट ८ रुपैयाँ ५० पैसादेखि ९ रुपैयाँ पर्छ, त्यो उहाँहरुले तिरिरहनु भएको छ ।  हामीले छुट बिल गरेको भनेको त्यो एक हजार युनिटमा जुन डेडिकेटेड  १२ देखि १३ रुपैयाँ आउँथ्यो त्यसको बाँकी पैसा जोडेर छुट बिल गरेका हौं ।’ 

प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ उद्योगमध्ये २४ वटाको लाइन काटेकामा एउटाको जोडिदिएको छ । ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणको हिसाब छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार