मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमालेले गर्यो टिका खरेललाई पार्टीबाट निष्काशित

Ujyalosandeshonline 12431+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

बुटवल । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीले पार्टीका संगगठित सदस्य टिका खरेललाई पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर ३ निवासी खरेलले पार्टी विधान को धारा ८० को उपधारा (४), (८), (१३) बमोजिम पार्टी हितविपरीत गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहोर्‍याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निष्काशन गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी कारवाही गरिएको जानकारी दिए । त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । संगठनको हितविपरीतका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए । एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार