एकीकृत समाजवादीको महाधिवेशन : आज समूह नेताको प्रस्तुति

Ujyalosandeshonline 11020+ समाचार ( )
२० असार २०८१, बुधवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत बुधबार दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहमाभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।

विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । आइतवार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार