मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

आगामी वर्ष २०८१ मा ३० दिन सार्वजनिक बिदा

Ujyalosandeshonline 11009+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काठमाडौं । सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्जजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचीअनुसार अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन साप्ताहिक शनिबारे बिदा परेको छ ।  

यसरी विभिन्न पर्व तथा जयन्ती र शनिबारसहितको बिदा जोड्दा आगामी वर्ष ८३ दिन सार्वजनिक बिदा परेको छ ।

बिदा सूचीअनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा पहिलो नव वर्षको दिन अर्थात् वैशाख १ गते छ ।

त्यसपछि वैशाख ५ गते रामनवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किरात समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ ।

भदौ ३ गते रक्षा बन्धन, भदौ १० गते श्रीकृष्ण जन्माष्टमी र असोज १७ गते घटस्थापनाको दिन सार्वजनिक बिदा छ ।

त्यस्तै, अगामी वर्ष असोज २४–२८ फूलपातीदेखि द्धादशीसम्म पाँच दिन दसैं बिदा  छ भने कात्तिक १५–१९ लक्ष्मीपूजादेखि पाँच दिन तिहार बिदा दिइएको छ ।

त्यसैगरी, सरकारले कात्तिक ११ गते छठ पर्व, मंसिर ३० गते धान्य पूर्णिमा अर्थात् किरात समुदायको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्ति, माघ १७ गते सोनाम ल्होसार, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते हिमाली आदिवासी शेर्पाले मनाउने ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिएको छ ।

मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदामा वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, माघ १६ गते शहीद दिवस, र फागुन ७ गते प्रजातन्त्र दिवस, र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा छ ।

सार्वजनिक बिदाका दिन शनिबार परेका कारण पाँच दिन बिदा घटेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार