मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाल मगर संघ कोरिया (किम्हे/बुसान) द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १० लाख सहयोग

जगीलाल थापा 30+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

कञ्चन । नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाले राष्ट्रिय आविष्कार केन्द्र (नेपाल) लाई १० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। गत २८ जनवरी २०२५ मा आयोजित “झोले सांगीतिक सौगात भाग–२” कार्यक्रमबाट संकलित रकममध्ये खर्च कटाएर बचत भएको १० लाख रुपैयाँ सहयोग गरिएको हो।

उक्त रकम संघका संस्थापक अध्यक्ष राजकुमार आले मगर (प्रेम) र पूर्व अध्यक्ष युद्ध सलामी मगरले संयुक्त रूपमा आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो। खेम सेञ्चुरी, शिव परियार, देवी गर्वुजा मगर, बिमता घर्ति मगर र सुन्दर घलान जस्ता चर्चित कलाकारहरूको सहभागिता रहेको उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कोरियावासी नेपाली तथा संघ–संस्थाहरूलाई आयोजकले आभार व्यक्त गरेको छ। समय व्यवस्थापनका कारण सहयोग हस्तान्तरणमा केही ढिलाइ भएकोमा क्षमा माग्दै, संस्थाका प्रतिनिधि युद्ध सलामी मगरले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार