मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

Ujyalosandeshonline 11011+ समाचार ( )
२० माघ २०८१, आइतबार

रौतहट  । सशस्त्र प्रहरीले  चेकजाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको करिव साढे १६ लाख रकम सहित दुई  जनालाई पक्राउ गरेको छ । 

ईशनाथ नगरपालिका वडा नं.४ महुलिया स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो । उनीहरुको  साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३प९३०८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम बरामद भएको उनले जानकारी दिए । उनका अनुसार सशस्त्र र नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा एक करोड बढी स्रोत नखुलेको रकम बरामद गरिसकेको छ ।

पछिल्लो तथ्याङ्ग हेर्दा रौतहटको सिमावर्ति क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिन्छ। अवैधानिक मानिएको यस कार्य लुकीछुपी गर्ने समुह नै सक्रिय भएकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानियको माग छ ।

नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिएको छ । हुण्डी कारोबारलाई निरुत्साहित गर्न सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले  निगरानी बढाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार