मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लुम्बिनी विकास कोषमा ज्ञानिन राई कायममुकायम सदस्य सचिव नियुक्त

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

भैरहवा । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईलाई कायममुकायम (कामु) सदस्य सचिवको जिम्मेवारी तोकिएको छ। कोषका निवर्तमान सदस्य सचिव सानुराजा शाक्यको पाँचवर्षे कार्यकाल असोज २१ गते समाप्त भएपछि रिक्त रहेको पदमा कोषका वरिष्ठ अधिकृत तथा दशौं तहका वरिष्ठ निर्देशक राईलाई कामु सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।

कोष पदाधिकारी विनियमावली, २०५८ को विनियम २९(५) मा सदस्य सचिव बिदामा बसेको वा अन्य कुनै कारणले अनुपस्थित रहेको अवस्थामा वा पद रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य सञ्चालन गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार राईलाई कामु सदस्य सचिव नियुक्त गरिएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

यसअघि २०७६ मंसिर १५ गते कोष बोर्ड बैठकले वरिष्ठतम कर्मचारीलाई सदस्य सचिवको अनुपस्थितिमा कामु सदस्य सचिव बनाउने प्रावधान संशोधन गर्न संस्कृति मन्त्रालयमा पठाएको थियो। मन्त्रालयको २०७६ पुस २७ गतेको मन्त्रीस्तरीय निर्णयले उक्त संशोधनलाई अनुमोदन गरेको थियो। यही संशोधनको आधारमा २०७६ माघ महिनामा पनि राईले आठ महिनाका लागि कामु सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए। राईले बुधबारबाटै कोषमा कामु सदस्य सचिवका रूपमा काम सुरु गरिसकेका छन्। उनले आफ्नो कार्यकक्षमा बसेर सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार