काठमाडौं ।सरकारले शुक्रबार काठमाडौंकाृ तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनकाक्रममाभएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ । शुक्रबार राजावादीहरुको हिंसात्मकआन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
‘आजमिति२०८१ साल चैत्र १५ गतेका दिनपूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमाभएको अराजकप्रदर्शनकाक्रममानीजि, सार्वजनिकएवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिकदलकाकार्यालय साथै संंचार गृहहरुमाभएको तोडफोड, आक्रमण र तोडफोड गरी एवमअन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मकगतिविधि गरी आतंक फैलाउने, घरभित्रमानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यानलिनेजस्ताअमानवीय र गैरकानुनीकार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।
उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनकाक्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्यमन्त्रालयलाई निर्देशनदिने निर्णय भएको पनिउनले बताए । मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःखव्यक्त गरेका छन् ।
शुक्रबार बेलुका बालुवाटारमामन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्रीकेपीशर्मा ओलीले आकस्मिक रुपमामन्त्रिपरिषद् बैठक डाकेका हुन्। काठमाडौंको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादीप्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।