रुपन्देहीमा बिहान दुई घण्टाका लागि कर्फ्यु खुकुलो, ९ बजेदेखि पुनः लागु

Ujyalosandeshonline 12428+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बिहीबार बिहान ७ बजेदेखि ९ बजेसम्मका लागि कर्फ्यु खुला गरेको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले एक सूचना जारी गर्दै आम नागरिकलाई आवश्यक काम चलाउनका लागि दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका हुन्।

यद्यपि, बिहान ९ बजेपछि भने कर्फ्यु पुनः यथावत् रहनेछ । जिल्लामा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ 'क' बमोजिम यो आदेश बिहीबार बेलुका ७ बजेसम्म लागू हुनेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार