मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य बस्तु भेटियो

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

नेपालको ठूलो सुन्दर रारा तालको काखमा रहेको सल्लेरी बजारमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गरी सरोकारवाला निकायबाट होटल तथा पसल अनुगमन गर्दा होटलहरुमा सरसफाइ नभएको भेटिएको छ  । 

होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरुबाट जनगुनासो नहोस भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्लामा रहेका सरोकारवाला निकार्यहरुको उपस्थितिमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु चाउचाउ ,बिस्कुट , चिउरा, आटा, दालमोट, पेय पदार्थ, मदिरा, सुर्तिजन्य बस्तु लगायत म्याद गुज्रेका सामान बरामद गरी प्रक्रिया पुरा गरी नष्ट गरिएको छ ।

होटलहरुका सरसफाइ गर्न सुझाव दिंदै अर्को पटक म्याद सकिएका सामान विक्री गर्ने पसलहरुलाई कारवाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए ।

सल्लेरी बजार पर्यटकीय क्षेत्र राराको छेउमा रहेको हुँदा पर्यटक र स्थानीय नागरिकहरुको स्वास्थ्यलाई मध्यनगर गर्दै सल्लेरी बजार अनुगमन गरिएको र अखाद्य बस्तु नष्ट गरिएको  साथै मूल्य सूचि राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए ।

सल्लेरी बजारमा ब्यावसाय गर्दै आएका ब्यापारीहरुमा एकरुपता नहुनु, पर्यटकहरुलाई तानातान गर्दा पर्यटक र साना व्यापारीहरुलाई समस्या हुने गरेको मामा भान्ज होटलका सन्चालक सन्तोष भामले बताए । सल्लेरी बजारमा ब्यापारीहरुले कुनैपनि सामानको दररेट नराख्दा समस्या परेको स्थानीय लोल बहादुर बिकको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार