मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

रुपन्देहीका सीमा नाका बन्द

Ujyalosandeshonline 11026+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

भैरहवा  । भारतसंग सीमा जोडिएका रुपन्देहीका सीमा ७२ घण्टा बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको  महाराजगञ्ज र सिद्धार्थनगर जिल्लामा हुने लोकसभाको निर्वाचनको लागि सीमा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जेठ ९ गते राती १२ बजे देखि जेठ १२ गते राती १२ बजे सम्मको लागि सीमा बन्द गरेको जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले भारतको दुई जिल्लामा अलग अलग मितिमा निर्वाचन हुने कारण सम्बन्धित नाका जिल्ला जोडिएका नाका मात्र बन्द हुने जानकारी दिए । सिद्धार्थनगर जिल्लामा शनिबार हुने निर्वाचनका कारण १२ गते सम्म भारतको सिद्धार्थनगर जिल्लासंग जोडिएका लुम्बिनी सांस्कृतिक नगरपालिकाको सीमा नाका बन्द गरिएको छ ।

यसै गरि जेठ १९ गते हुने महाराजगञ्ज जिल्लाको लोकसभा निर्वाचनको लागि जेठ १६ गते राती १२ देखि जेठ १९ गते राती १२ बजे सम्म महाराजगन्ज जिल्ला जोडिएको सिद्धार्थनगर नगर पालिका अन्र्तगतको नाका बन्द गरि रानाले जानकारी दिए ।

नेपाल र भारतमा निर्वाचन हुदा सुरक्षाका कारण सम्बन्धित देशदे ७२ घण्टा सीमा बन्द गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार