मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सातौ स्याङ्जा महोत्सवको तयारी अन्तिम चरणमा

Ujyalosandeshonline 11005+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा फागुन ६ देखि १८ गतेसम्म हुने ‘सातौ स्याङ्जा महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार–१ को माले बगर खेल मैदानमा सञ्चालन हुने महोत्सवको तयारी सम्पन्न गरिएको संघका जिल्ला अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए।

महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, कृषि मेला, सुन्तला तथा अर्गानिक कफी प्रदर्शनी, माछा महोत्सव तथा बिक्री कक्षलगायत झण्डै दुईसय २० स्टल रहने आयोजकको भनाइ छ । 

उद्योग वाणिज्य संघ स्याङ्जा मुल आयोजक रहेको महोत्सवको वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश हुन् । आयोजक उद्योग वाणिज्य संघका स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठका अनुसार महोत्सवले स्थानीय उत्पादनका साथै कृषि तथा पशुपालन, पर्यटनलगायतक व्यवसायको प्रबद्र्धनका साथै विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, तथा नागरिक समाजलगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा रहनेछ ।

महोत्सवमा ३ लाख ५० हजार भन्दा बढी सहभागी हुने र आठ करोडको कारोवार हुने आयोजकको अपेक्षा छ । महोत्सव प्रवेशका लागि एक सय रूपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट छ ।

ज्येष्ठ नागरिकलाई भने महोत्सवमा निशुल्क प्रवेश दिइनेछ । महोत्सव टिकट आम्दानीको ५५ संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तरगत बिभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ। महोत्सवलाई सबैको अपनत्व एवं सहज पहुँच हुने गरी अपाङ्गतामैत्री बनाइने छ । 

आयोजकका अनुसार महात्सवको उद्घाटन संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्दैछन् । समारोहमा नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापा विशिष्ट अतिथि रहनेछन् । गण्डकी प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिको सहभागिता रहने महोत्सवमा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुती दिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार