मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


सिटी अस्पतालमा २४ सै घण्टा न्यूरो सर्जरी सेवा

Ujyalosandeshonline 11005+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

भैरहवा । भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पतालमा मस्तिष्क तथा नशा रोग सम्बन्धि बिशेषज्ञ सेवा सहित अत्याधुनिक प्रविधिद्वारा एक वर्ष अघि देखि यसको शल्यक्रिया गरिदै आएको छ ।

विशेषतः विभिन्न दुर्घटनामा परि टाउकोमा चोट लागेका विरामीहरुलाई लक्षित गरि २४ सै घण्टा सेवा दिने गरि न्यूरो सर्जरी सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै न्यूरो सर्जरी र जनरल सर्जरीमा अस्पतालले यस क्षेत्रमै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको दावी गरेको हो । 

सडक दुर्घटनाबाट प्रभावित बिरामीहरु उचित उपचारको अभावमा कहिले काठमाण्डौं, कहिले भारत तर्फ जाने बाध्यता हटाउने उद्देश्य सहित सेवा सुचारु भएको एक वर्ष पुगेको छ । डा. सन्नी थापा तथा अर्थोपेडिक सर्जनहरुको टिमले सबै प्रकारको उपचार सफलतापूर्वक गर्दै आएका छन् ।

न्यूरो सेवामा न्यूरो सर्जरी अन्र्तगत टाउकोमा कुनै पनि प्रकारको चोट, रगत जमेका विरामी, टाउकामा ट्युमर, मेरुदण्डमा ट्युमर, मस्तिष्क घात, मेरुदण्डमा चोटपटक, अथवा नशा च्यापिएको, टाउको दुखिरहने, वान्ता हुने, प्यारालाईसिस भएको एवम यसका लक्षण देखिने विरामीहरुलाई सेवा दिदै आएको डा. सन्नी थापाले बताउनुभयो । 

न्यूरो संगै सामान्य जनरल सर्जरीमा पनि सिद्धार्थनगर सिटी अस्पतालले आफ्नो विशिष्टिकृत सेवा प्रदान गर्दै आईरहेको छ । डा. हरि शर्माको नेतृत्वमा प्रायजसो अपरेशनहरु दुरबिन प्रविधिद्वारा सफलतापूर्वक गर्दै आएको छ । एपेन्डिसाईटिस, हर्निया, पित्तथैलीको पत्थरी, हाईड्रोसिल, हर्निया, मृगौलीको पत्थरी लगायतमा पहिला चिरेर अपरेशन गर्नुपर्ने पद्धति रहे पनि अहिले यसलाई सानो प्वाल पारी दुरबिनबाट नै गर्न सकिने डा.हरि शर्माले जानकारी दिए ।यसरी अपरेशन गरिएको विरामी छिट्टै निको हुने र आफ्नो काममा फर्कने गरेको उनको भनाई छ ।

काठमाण्डौं, बुटवल, र भारतको तुलनामा निकै सस्तो रहेको र यसको सफलतापूर्वक कार्यान्वयन भैरहेको अस्पतालका सञ्चालक अमित चतुर्वेदीले बताए । उनले अस्पतालको सेवा लिन रुपन्देहीका ग्रामीण क्षेत्रका विरामीको संख्याले पनि यसको शुल्कबारे स्पष्ट पारेको बताए , अन्य अस्पतालहरुले लिने शुल्कको तुलनामा सिटी अस्पतालमा आधा रकममै उपचार हुने गरेको उनको भनाई छ । यद्दपी सरकारी अस्पतालको तुलनामा भने यहाँको शुल्क थोरै धेरै रहेको उनको भनाई छ ।

शुल्कको तुलनामा भने अस्पतालले धेरै राम्रो सुविधा प्रदान गरिरहेको यसका प्रवन्ध निर्देशक अर्जुन पौडेलले बताए । उनले अस्पताल नेपाली मात्र नभई विदेशी नागरिकको पनि रोजाई बनेको बताए । चाईना, थाईलैण्ड, जापान, नेदरल्याण्ड लगायतका देशबाट नेपाल आएका विरामीहरुले यहाँ सेवा लिएको उनले बताए । 

नेपाली विरामीहरुलाई लक्षित गरि बैशाख २० गते देखि जेठ ४ गते सम्म निशुल्क ओपीडी सेवा सञ्चालन गरिएको उनले बताए । यस बाहेक ल्याब, एक्सरे, भिडियो एक्सरे, तथा ईसिजीमा ५० प्रतिशत छुट प्रदान गरिएको बताए । 

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सहित न्यूरो सर्जरी, मुटु रोग, जनरल फिजिशियन, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ, वालरोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, कृत्रिम गर्भाधान सेवा, कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउदै आएको छ । यस्तै निशुल्क हेमोडाईलासिस सेवा, आईसियु÷एनआईसियु, सुरक्षित गर्भपतन, सम्पूर्ण प्रकारका अपरेशन, मोडुलर अपरेशन, सिटी स्क्यान, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतको सेवा प्रदान गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए । 

बिशेषतः काठमाण्डौं र भारतका महङ्गो अस्पतालमा उपचार गराउन नसक्ने विरामीहरुलाई सोही अस्पतालका सेवा सुविधा भैरहवामै उपलब्ध गराउने लक्ष्य सहित अस्पताल सञ्चालन गरिएको यसका अध्यक्ष एवम मृगौला रोग बिशेषज्ञ डा. सुवोध पाण्डेले बताए । “यसमा हामी एक तरिकाले सफल पनि भएका छौं, सुविधा सम्पन्न अस्पतालमा मध्यम वर्गका जनतालाई उपचार दिईरहेका छौं,” उनले भने “धेरै जना विश्वास गरि आउनुभएको छ, हामी उहाँहरुको विश्वासलाई अझै उचाईमा पु¥याउन प्रयासरत् छौं ।” 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार