मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

चार लायन्सद्वारा भिम अस्पताललाई तातो पानी मेशीन हस्तान्तरण

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

भैरहवा । भिम अस्पतालमा प्रसुतीका लागि आउने महिलाहरुलाई लक्षित गरि भैरहवामा क्रियाशिल ४ वटा लायन्स क्लबहरुले संयुक्त रुपमा तातो पानी बनाउने मेशीन हस्तान्तरण गरेका छन् । 

आईतबार एक कार्यक्रमका बिच लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ,  लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लिमले संयुक्त रुपमा २ वटा मेशीन अस्पतालाई हस्तान्तरण गरेका हुन् । 

मेशीन ग्रहण गर्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा. अनन्तराज शर्माले प्रसुति कक्षमा महिलाहरुलाई तातो पानीको आवश्यकता रहेको समयमा मेशीन पाउनु खुशीको कुरा रहेको बताए । उनले लायन्स क्लबले समय समयमा अस्पताललाई अति आवश्यक पर्ने सामाग्रीहरु प्राप्त हुदै आएको बताए । अस्पताल प्रशासनले यस्ता प्राप्त सामाग्रीहरुलाई आवश्यकता अनुसार हिफाजत साथ प्रयोग गर्ने गरेको उनले बताए । 

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट ३२५ पी का जिल्ला गर्भनर अर्जुनमान सैजुले सहयोग गर्नलाई कुनै अवसर नै आवश्यक नरहेको बताए । उनले भैरहवा क्षेत्रमा क्रियाशिल लायन्स क्लबले आवश्यकता अनुसार सहयोग गर्न जानेको र यसलाई निरन्तरता दिनु पर्ने औल्याए । 

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ पी का भिडिजी पुरुषोतम भक्त प्रधानाङ्ग, सेकेण्ड भिडिजी बलराम भट्टराई, जिल्ला सचिव विनोद खरेल, सल्लाहकार रुपमा हिराचन, एरिया चिफ दिपक कौशल, सहायक चिफ अभिनव मयुर कशौधन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मनिषा थापा कसौधनले गरेकी थिईन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार