मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने

Ujyalosandeshonline 11477+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् । 

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने,‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं । हाम्रो केन्द्रीय कमिटिको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट  हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौं । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ । यो सँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार