मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र योगदान रकम बृद्धि

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम वृद्धि भएको छ । सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको कोषको तथ्यांकले देखाउँछ । कोषको खातामा योगदान रकमबापत ६३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ संकलन भएको छ भने १५ लाख ८६ हजार पाँच सय ५५ जना योगदानकर्ता कोषमा सूचीकृत भएको देखिन्छ । 

पछिल्लो तीन सातामा छ अर्ब ३७ लाख रुपैयाँ योगदान रकम थपिएपछि योगदान रकम बृद्धि भएको कोषको वेभसाइटमा उल्लेख भएको तथ्यांकले देखाउँछ । 

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो ।

कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार चार सय ९० छ । कोषले हालसम्म १० अर्ब ५९ करोड ४१ लाख रुपैयाँँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।

औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषमा रकम र आवद्धता बढेको पाइएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार