मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सो अवसरमा केन्द्रीय रक्तसञ्चार सेवा भृकुटीमण्डपमा आयोजित मूल समारोहमा वर्षभरि रक्तदान गर्ने सङ्घसंस्थाहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा नेरेसो तदर्थ समितिका अध्यक्ष डा. विशालकुमार भण्डारीले सरकारले तोकेका मापदण्ड पूरा गर्दै बिरामीका लागि गुणस्तरीय र सर्वसुलभ रूपमा रगत तथा रक्ततत्त्व उपलब्ध गराउन रेडक्रस प्रतिबद्ध रहेको बताउनुभयो। महामन्त्री ऋषिरमण खनाल, आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र व्लड डोनर एशोसियसन नेपालका अध्यक्ष राजेश श्रेष्ठले रक्तदानको महत्त्व, प्रविधिमैत्री सेवा र समन्वयकारी भूमिकाबारे चर्चा गर्नुभएको थियो।

केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाशकुमार यादवद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेरेसोबाट दुई लाख ९१ हजार ३१९ युनिट रगत संकलन भई चार लाख चार हजार ५७९ युनिट रगत तथा रक्ततत्त्व वितरण गरिएको छ। वि.सं. २०२३ साउन १२ गते स्थापना भई पहिलो वर्ष १५७ युनिट मात्र रगत संकलन गरेको रेडक्रसले २०३९/४० पछि स्वयंसेवी रक्तदातामार्फत सेवा विस्तार गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार