मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

Ujyalosandeshonline 12431+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

पोखरा । पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धन लाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आयोजित एक भब्य कार्यक्रमकाबिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो।

ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगरपालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सयसहित पलेशालाई सम्मान गर्यो ।

पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ तथा नेपाल तेक्वान्दो संघलाई प्रशंसा पत्रसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङलगायतले सम्मान गरेका हुन् ।

सम्मानपछि बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले खेलाडीले राष्ट्रको नामलाई अग्रस्थानमा राख्न अहम भूमिका खेल्ने गरेको जनाउँदै यसमा कुनै पनि राजनीतिक पार्टी, धर्मसंस्कृति, जातजातिको भन्ने नभई सबैको साझा खेलाडी हुने बताए ।

खेलकुदका लागि पलेशा प्रेरणाको स्रोत भएको बताउँदै गण्डकी प्रदेश सरकारले खेलकुदको विकास र खेलाडीहरुको हितका लागि विभिन्न योजनाहरु अघि सारेको मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकारको तर्फबाट पलेशासहितको टिमलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको जनाउँदै पोखरा पछिल्लो समय खेलकुदकोे हव बन्दै गएको बताए । उनले खेलकुदको विकासलाई पर्यटन प्रवर्द्धनको रुपमा समेत विकास गर्न सके पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदको हव बनाउन सकिने बताए ।

त्यसै गरी पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको बताउँदै यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताए । उनले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा पलेशाको सफलता महत्त्वपूर्ण हुने उल्लेख गरे ।

सम्मानित पलेशाले कुनै क्षेत्रमा असफलता निराश नभई निरन्तर लागेमा सफलता प्राप्त हुने बताए । उनले खेलको माध्यमबाट नेपाललाई चिनाउन पाउनु गर्विलो क्षण भएको बताए । 

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणा, गण्डकी प्रदेशका उपाध्यक्ष लक्ष्मी पाण्ड, महासचिव रमेश पौडेल लगायतले खेल र खेलाडीको बारेमा आफ्ना भनाई राखेका थिए । सो कार्यक्रमको संचालन कास्की जिल्ला तेक्वान्दो संघका सचिव दिपेन्द्र पहारीले गरेका थिए ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्द्धनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइनु् । पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार