मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

लुम्बिनी विकास कोषको सदस्य–सचिवलाई प्रधानमन्त्री निर्देशन : ‘धर्मको हेक्का राखी काम गर्नु’

रासस 695+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ ।मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) धार्मिक संस्था हो, धर्मको हेक्का राखेर काम गर्नुहोला । तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून् ।”

 सदस्य–सचिव श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिनेगरी इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गोरखाको सहिद लखन गाउँपालिका–६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगाल्नुभएको छ ।

 मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गर्नुभएको छ । केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गर्नुभएको थियो । स्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा खटिनुभएको थियो ।

 अख्तियारमा उहाँले आठ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गर्नुभएको थियो । उहाँलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए । इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूलाई २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको श्रेष्ठले बताउनुभयो ।

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किनुभयो । पछिल्लो समय उहाँले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहनुभएको थियो । उहाँले भन्नुभयो, “हामी केवल जागिर मात्र खाने होइन, जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार