मुख्य समाचार
अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन | बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै | पोल पुग्यो , वितरण गरिएन विद्युत | बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु | तराई क्षेत्रमा तातो लहरको सम्भावना | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द | इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न |

मन्त्री आरजु राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा

Ujyalosandeshonline 11031+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको डा.देउवाले जानकारी दिइन । 

सोमबार मात्रै परराष्ट्रमन्त्रालयको पदभार सम्हालेकी राणाले सीमा समस्याहरूमा चनाखो भएर काम गर्ने बताएकी छन् । उनले तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी हुन् । 

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन् । 

राणा पहिलोपटक मन्त्री बनेकी हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुन् ।

उनलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए । 

कांग्रेस समानुपातिक मार्फत प्रतिनिधिसभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार