मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

गठबन्धनमा रहेका राउतले गरे सरकार र गठबन्धनको आलोचना

Ujyalosandeshonline 11005+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनको बैठक सत्ता टिकाउने तर्फमात्रै केन्द्रीत रहेको बताएका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए । उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे ।

उनले भने, ‘म पनि गठबन्धनमा नै छु तर विगतका बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नै भईरहेको छैन् । सबैलाई सत्ता र गठबन्धन टिकाउन चिन्ता छ । कसरी टिक्ने र विरोधीलाई कसरी समाप्त पार्ने भन्नेतर्फ मात्रै ध्यान गएको देखिन्छ ।’ शासकहरुमा त्रासको वातावरण बनेको भन्दै चारैतिरबाट सत्ता ढाल्छन् कि भन्ने चिन्ता मात्र रहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले शासकहरुमा त्रासको वातावरण बनेको छ । कसैले धोती मात्र लगाए पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशको शिक्षामन्त्रीले प्रमुख अतिथिलाई फूल दिन जाँदा पनि गठबन्धन भत्काउन लागेको होकी भनेर लाठीचार्ज गर्ने आदेश आउँछ । सबैलाई सत्ता ढल्छ कि भन्ने चिन्ता छ ।’

अध्यक्ष राउतले देशमा चरम निराशा बढेको, सरकार र दलहरुप्रति उदाशिनता देखिएको, देशका हरेक अंगहरु असफल दिशातर्फ गएको भन्दै चिन्ता ब्यक्त गरे ।

न्यायपालिकाबाट न्याय पाउने आशा नरहेको उल्लेख गर्दै उनले संवैधानिक निकायहरु सरकारको निर्देशन मान्न मात्र व्यस्त रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार