मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

त्रिदेवी सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

Ujyalosandeshonline 12444+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईस्थित त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीयस्तरमा सञ्चालित सहकारीले नागरिक लाभान्वित भएको बताए । उनले सहकारी संस्थामा भएका गतिविधिबारे शेयर सदस्यहरुले जानकारी लिनुपर्ने बताए । 

कार्यक्रममा विशिष्ट अतिथि रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्री, अतिथिहरु विष्णु माया सिग्देल, राम केवल प्रसाद बिन्द, मुहम्मद इद्रीश गद्दी, नारायण प्रसाद सिग्देल लगायतले सहकारी मर्म अनुसार चल्नुपर्ने बताए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष शम्भु कुमार यादव, सचिवको प्रतिवेदन सचिवको प्रतिवेदन विरेन्द्र कुमार गौड, कोषाध्यक्षको प्रतिवेदन उस्मान अलि फकिर, शिक्षा उपसमितिको प्रतिवेदन फिरोज अहमद खाँ, लेखा समितिको प्रतिवेदन प्रेमनाथ त्रिपाठी र ऋण उपसमितिको प्रतिवेदन बाल सुग्रीव वर्माले प्रस्तुत गरेका थिए । 

संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षता तथा सचिव विरेन्द्र कुमार गौडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ८३ जना उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको सहकारीले जनाएको छ । सहकारीमा हाल २१९ जना शेयर सदस्यहरु रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार