मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अहमदाबादमा विमान दुर्घटना : राहत र उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन

Ujyalosandeshonline 11005+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

एजेन्सी । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएपछि चौतर्फी प्रतिक्रिया आइरहेको छ ।  उडानका यात्रुहरूको सूची पनि सार्वजनिक गरिएको छ ।

घट्नापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राम मोहन नायडू र गृहमन्त्री अमित शाहसँग संवादगरी राहत र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री मोदीले उनीहरूलाई अहमदाबाद जान र हवाई दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न आग्रह गरेका छन् ।

विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू विमान दुर्घटनाको खबर पाएपछि अहमदाबाद पुगेका छन् ।

विमानमा चालक दलका सदस्यहरूसहित २४२ जना सवार विमान दुर्घटना लगत्तै घटनास्थल पुगेको राहत तथा उद्धार टोलीले उद्धार कार्य सुरु गरेको छ। दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको सूची सार्वजनिक भएको छ । 

विमान बिहान १ः३८ बजे अहमदाबादको सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको लागि उडेको थियो । विमान बिहान १ः४० बजे दुर्घटनाग्रस्त भएपछि अहमदाबादको आकाश धुवाँले ढाकिएको थियो।

अहमदाबाद विमानस्थल नजिकै रहेको डाक्टरहरूको होस्टेलमा विमान ठोक्किएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए। अहमदाबादका वरिष्ठ प्रहरी अधिकारीले दुर्घटनास्थलको लगभग ७० प्रतिशतदेखि ८० प्रतिशत भाग खाली गरिएको बताए।

गुजरात सरकारले गान्धीनगरबाट विमान दुर्घटना स्थलमा ९० जना कर्मचारीहरू सम्मिलित तीन राष्ट्रिय विपद् प्रतिक्रिया बल ९परिचालन गरेर सुरक्षित र प्रभावकारी उद्धार कार्य जारी राखेको छ । 

अहमदाबाद शहर प्रहरीले प्रहरी आपतकालीन सेवाहरूको लागि र विमान दुर्घटनासँग सम्बन्धित आवश्यक जानकारी प्राप्त गर्न आपतकालीन नम्बर जारी गरेको छ । विमानदुर्घटनापछि सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार