मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

Ujyalosandeshonline 11467+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो । विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा आज सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटनसत्रमा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायतका नेताहरू आउने प्रतिबद्धता जनाइसकेको जानकारी दिँदै विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरूको सहभागिता रहने बताउनुभयो । उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिहरूको शुभकामना सन्देश प्राप्त भइरहेको बताउनुभयो ।

त्यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसङ्गठनहरूको प्रतिनिधित्व रहनेगरी पाँच सय बढी स्वयंसेवक ड्रेसकोडमा खटिने व्यवस्था गरेको बताउनुभयो । जनसभालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातिसम्ममा सम्पूर्ण कार्य पूरा हुने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार