मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ पौष २०८२, बुधवार

गण्डकी । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उहाँले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताउनुभयो । यस वर्ष अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ ।

रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फर्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ”, उहाँले भन्नुभयो, “यसले किसानलाई उत्पादनको लागत घटाउन पनि सहयोग पुग्छ ।” यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि  एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार