मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्थतन्त्रको कमजोरी मलाई थाहा छ : अर्थमन्त्री पुन

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँने प्रतिबद्धता जनाएका छन् । 

बुधबार शपथ ग्रहणपछि मन्त्रालयको पदभार सम्हाल्दै उनले यसअघि पनि अर्थमन्त्रीका रुपमा काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव रहेको भन्दै विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएका हुन् । 

उनले भने, ‘विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँछु । यसअघि पनि काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव छ । राजस्व संकलनमा पनि कहाँ–कहाँ कमजोरी छन् । त्यसमा काम गर्नेछौ ।’

उनले अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय आफूसँग रहेको दाबी समेत गरे । अर्थतन्त्रको सबै क्षेत्रमा समस्या नरहेको भन्दै समस्या भएको क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिने उनको भनाइ छ । 

उनले भने, ‘अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय मसँग छ । अर्थतन्त्रमा देखिएको दबाब कम गर्न विगतको मेरो अनुभवका आधारमा योजना बनाएर अघि बढ्नेछु । अर्थतन्त्रको सबै क्षेत्रमा समस्या छैन । समस्या भएको क्षेत्र मलाई राम्रोसँग थाहा छ । ती क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिन्छ । अहिले तरलता व्यवस्थापनको समस्या छ । पुँजीगत खर्च बढाउनुपर्ने, सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने, घरजग्गा क्षेत्र चलायमान बनाउनु पर्नेलगायत धेरै चुनौति छ । यी क्षेत्रमा समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगमा निजी क्षेत्रलाई साथै लिएर प्रभावकारी रुपमा काम गर्नेछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार