मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’

Ujyalosandeshonline 12437+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरु, कमैयाका मुक्तिहरु र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन् ।

शनिबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौंदेखि आगनमा टेक्न दिइदैन, एउटा मान्छेलाई देवता छुन दिइदैन्, पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यसैले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘जनताले छल चाहेका छैनन् । जनताले हातेमालो चाहेका छन् । ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् । डा.सिके राउत र मैंले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो । म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरु, कमैया मुक्ति चाहन्छु । सदियौंदेखि आगनमा टेक्न, देवता छुन र पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यो  वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ । देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिदोरहेछ ।’

साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुन नहुने बताए । उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए ।

उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ । यात्रामा साथी गुमाउन चाहँदैनौं । यात्रामा हातेमालो गर्न चाहन्छौं । मान्छेले  धेरै कुरा गर्छन् । सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन । संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन ।’

थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै सकिदैन् : डा.राउत

यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए । उनले थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए ।

उनले  भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरुको समस्या समाधान गर्न सक्छौं । आफ्ना मागहरु पूरा गर्न सक्छौं । कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन म सधैं तत्पर छु ।’

बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार