मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

अराजकता फैलाउने छुट कसैलाई छैन : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11011+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई राप्ती उपत्यका (देउखुरी), दाङमा शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै पत्रकारिता सशक्तिकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे ।

‘पत्रकारिता क्षेत्रको सशक्तिकरण, विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले नीतिनियम तथा कानून निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको छ,’मुख्यमन्त्री आचार्यले भने,’अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं ।’ उनले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक कानूनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौं,’ उनले भने,‘पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिदै आएका छौं ।’ त्यस्तै मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । ‘

सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ । अराजकता फैलाउने छुट कसैलाई छैन,’ उनले भने,’पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।’

प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार